प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१-८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८१-८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताएका हुन् ।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरेका छन् ।
‘यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ ।













