नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ ।
बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ ।

तीन प्रतिवेदन तयार पार्ने क्रममा एमालेको बैठकहरु चलिरहेको छ । मुख्यगरी विधान संशोधन एजेण्डा एमालेमा चर्को बहसको विषय बनिरहेको छ ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधनको मसौदामा ती प्रावधान हटाएर ओलीका लागि मार्गप्रशस्त गर्न प्रस्ताव गरिएको छ।













