राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिकको माग लिएर पुगेको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी केही कानून व्यवसायीहरूको साथमा शुक्रबार आयोग पुगेका हुन्।
बुर्लाकोटीका अनुसार एक वर्षअघि नै आयोगमा पार्टी विवरण अद्यावधिक गर्न आवश्यक सम्पूर्ण कागजात पेश गरिएको भए पनि अहिलेसम्म आयोगले त्यसलाई कार्यान्वयनमा नल्याएको हो। यही विषयमा स्पष्टिकरण माग्न र छलफल गर्न उनी आयोग पुगेको बताए।

“हामीले आवश्यक सबै प्रमाणपत्रहरू बुझाइसकेका छौँ। अदालतबाट पनि कुनै प्रकारको अन्तरिम आदेश (स्टे अर्डर) छैन। तर, आयोगले विवरण अद्यावधिक नगरेपछि हामी छलफलका लागि आएका हौँ,।
रास्वपाले निर्वाचन आयोगसँग चाँडो निर्णय दिन आग्रह गर्दै विवरण अद्यावधिक प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेको छ।













