प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मानबिना समृद्धि नहुने बताएका छन् ।
१ साउनदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् ।

अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्।
१ साउनदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु. १७ हजार ३००बाट बढाएर रु. १९ हजार ५५० बनाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल !,’













