नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले निकै नै जटिल मोडमा रहेको बताएका छन्।
श्रम र उत्पादनमा वाइसीएल अभियानको सुरु गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जहाँ टेक्यो त्यही भ्रष्टाचार भइरहेको आरोप लगाए।

उनले भने, ‘देशमा अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ। अहिलेको सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार मात्रै छ। यो सरकार देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको छ।’
उनले सरकार यही ढङ्गले अघि बढे सडकबाट पनि प्रतिवाद गर्नुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिए।













