प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने बताएका छन् ।
हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गर्दै कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे ।

अब नेपालमा गरिबीको आयु नै १५ वर्ष हो। यो अवधिमा हामीले गरिबी अन्त्य गर्नुपर्छ र आधुनिक र विकसित देशतर्फ अगाडि बढाउनुपर्छ । आधारहरू बनिसकेका छन्, विद्युत्, सञ्चार क्षेत्र अघि बढेका छन् । आइटी क्षेत्रमा अघि बढेका छौँ, त्यसको दुरुपयोग गरेर केही मान्छे बिग्रिएका पनि होलान् । तर मान्छेहरूले राम्रो काम गरेका छौँ ।’













