कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनले बताए ।

उनले सरकारको कामकारबाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफूहरू राजनीतिमा आएको बताए ।













