प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा राष्ट्रिय सभाको साथ खोजेका छन् ।
खतिवडा नेतृत्वको समितिले पारित गरेको व्यवस्था भन्दा फरक रहेर विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि उनले राष्ट्रिय सभाको सहयोग खोजेका हुन् । प्रतिनिधिसभाबाट पारित भइसकेको हुँदा राष्ट्रिय सभाको सहयोग खतिवडाले खोजेका हुन् ।

विज्ञप्ति निकालेरे संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसद्मा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताएका छन् ।
उनले भने, ‘यो सामान्य अवस्था होइन । यस सम्बन्धमा छानबिनका लागि सम्माननीय सभामुखसँग अनुरोध गर्दछु । त्यसैगरी कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु ।’













