नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो केन्द्रीय समिति बैठक बसेको हो।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको छ।
बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल हुनेछ।
केन्द्रीय समिति बैठक बस्ने भएपछि नेविसंघ र तरूण दलका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन र आमरण अनशन गरेका छन्। महाधिवेशन माग गर्दै तरूण दलको असन्तुष्ट पक्षले आमरण अनशन र नेविसंघको असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन्।













