राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सरकार प्रश्नबाट भागेको बताएकी छिन् ।
शुक्रबार संघीय संसद् भवनमा परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सांसद गौतमले प्रधानमन्त्रीलाई प्रश्न नउठाए कसलाई उठाउने ? भन्दै प्रश्न गरिन् ।

‘हामीले प्रश्नोत्तरको कार्यक्रम नचलाउनुस् भनेको होइन । हाम्रो पनि प्रश्न थियो । हाम्रो पनि कुरा थियो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीजी सरकारको नेतृत्व गर्ने मान्छे हुनुहुन्छ । उहाँलाई नसुनाए कसलाई सुनाउने ?’
आज संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । यद्यपि रास्वपाले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाए ।
‘हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं। बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न गम्भीर देखिन्छ, न त जवाफदेही नै,’ उनले भनेकी छिन्, ‘उल्टो, सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ। जनप्रतिनिधि विरोधमा उठेपछि, समाधानविना सदन चल्नु हुँदैन ।’
उनले सरकार संसद्को नज।मा आफूहरूको विरोध सुविधा अनुसार देखिन थालेको बताइन् ।













