काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम छुटेका छन्। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएसँगै उनी छुटेका हुन्।
बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो। अदालतले पत्र पठाएसँगै नख्खु कारागारमा रहेका उनी छुटेका हुन्।

२०६४ सालको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो। उक्त विस्फोटमा घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए।













