नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य छन्।

अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ।
चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।













