काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतको घटनालाई “राजनीतिक प्रक्रियाको एक हिस्सा” भन्दै ठूलो अर्थ नलगाउन आग्रह गरेका छन्।
शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा देउवाले उक्त धारणा राखेका हुन्। पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार देउवाले “राजनीतिमा यस्ता घटनाहरू सामान्य हुन्, हामी पनि जेल बसेर आएका हौं” भन्ने सन्देश सांसदहरूलाई दिएका थिए।

बैठकमा सांसद माया राईले आफूलाई पार्टीले आवश्यक समर्थन नदिएको भन्दै भावुक सम्बोधन गरेकी थिइन्। सांसदहरूबाट बस्नेत र राईको पक्षमा आवाज उठेपछि सभापति देउवाले सबैलाई संयमित रहन र घटनालाई राजनीतिक अनुभवको रूपमा बुझ्न सुझाव दिएका थिए।













