काठमाडौं : रत्नराज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। शनिबारका लागि तय गरिएको निर्वाचन शुक्रबार भएको घटनाका कारण स्थगित गरिएको क्याम्पस प्रमुख डा. पद्म कुमार अधिकारीले जानकारी दिएका छन्।
क्याम्पस प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार, काठमाडौँ उपत्यकामा सिर्जना भएको असहज सुरक्षा परिस्थितिका कारण निर्वाचन तत्काल सम्भव नभएको जनाइएको छ। सूचनामा भनिएको छ, “१५ गतेका दिन काठमाडौँ उपत्यकामा उत्पन्न भयावह परिस्थितिले सुरक्षाको अवस्था असामान्य बनेकाले १६ गते हुने भनिएको स्ववियु निर्वाचन सञ्चालन गर्न असम्भव देखिएको छ।”

यसैगरी, क्याम्पस प्रशासनले चाँडै नै सर्वदलीय बैठक बोलाएर नयाँ निर्वाचन मिति तय गरिने जानकारी गराएको छ।













