नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को संज्ञा दिएका छन्।
शुक्रबार मेलम्ची नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई धेरै चुरीफुरी नगर्न चेतावनी दिए। उनले दरबार हत्याकाण्डको योजनाकार को थिए भन्ने नेपाली जनताले बुझेको दाबी गर्दै, दुस्साहस माओवादीले सहन नसक्ने बताए।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको पुनः छानबिन गर्नुपर्ने बताएको उल्लेख गर्दै, पाँच वर्ष शासन गर्न पाएको भए दोषीलाई इतिहासको कठघरामा उभ्याउने योजना रहेको खुलासा गरे।













