भोजपुर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेहनत नै नगरि कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका छन् ।
सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्नेमा जोड दिएका हुन् । उनले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजगका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिए । देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मेहनत नगरि सम्भव नहुने सिंहको भनाई छ ।
‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ । जे हामीसँग छ, त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ,‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला । मेहनतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन ।’
अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि उनले आग्रह गरे । पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने
विकासमा आपूmले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै विद्यालयको प्रगतिको कामना गरे ।
फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले देशको समग्र विकासक्रम विधिसम्मत र व्यवहारिक रुपमा अघि बढाइरहेको बताए । यो सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका कार्यहरु गर्नका बनेको पनि प्रष्ट पारे ।
सिद्धेश्वर माध्यमिक विद्यालयले आज स्थापनाको ७७औं वार्षिेकोत्सव मनाएको हो । कार्यक्रममा सिंहसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ पनि सहभागि थिए ।













