दिनेश भण्डारी -नेपाली गीत संगीत क्षेत्रमा बजारमा थुप्रै गीतहरू बजारमा आउने क्रम धेरै छन्। र कलाकार हरु पनि एकपछि अर्को गर्दै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गएको देखिन्छ यस्तै गीतसंगीत र कलाकारिता आउने क्रममा सन्तोष ढकाल अहिले कलाकारिता क्षेत्रमा उदाउने कलाकारको रुपमा चिनिदै आएका छन् । ढकालको पहिलो प्रस्तुति परदेशीको भर छैन। फर्कने बाट आफ्नो कलाकारिता यात्रा सुरु गरेको देखिन्छ ढकालले लाइभ दोहोरीहरू धेरै नै गाइरहेका छन् भने एल्बम मार्फत उहाँको यो पहिलो प्रस्तुति रहेको छ। यस गीतबाट पनि उहाँले आफ्नो कलाकारितालाई उच्च स्थानमा पुर्याउन अझ धेरै गीत संगीतहरु सिर्जना गर्दै आएका छन्। परदेशीको भर छैन फर्कने नेपाली समाजमा हुने सामाजिक गतिविधिहरुलाई समेटी शब्द निर्माण गरेका छन् उक्त शब्दमा संगीत भने संगम थापाले गरेका छन् म्युजिक एरेन्ज भने कृष्ण लामिछानेले गरेका हुन्। सन्तोष ढकाल र प्रिय सिन्चुरीको सुमधुर आवाजमा रहेको सोही गीतले बजारमा लोकप्रियता हासिल गर्दै आएको देखिन्छ।

उमेश कार्कीको कथा कथा लेखन तथा म्युजिक भिडियो निर्देशन रहेको उक्त म्युजिक भिडियोमा अनिता पौडेल रविन ढकाल र उमेश कार्कीको मर्मस्पर्शी अभिनय रहेको छ। डेनी खनाल को छायांकन तथा रोशन धितालको सम्पादनमा यो म्युजिक भिडियो निर्माण भएको छ। उक्त म्युजिक भिडियोलाई सोही गीतका गायक सन्तोष ढकाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।




