सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय भरत पराजुलीले जिल्लाको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंसँग भेटघाट गरेका छन्।
भेटका क्रममा सांसद पराजुलीले कार्यालयका समस्या, चुनौती तथा गुनासोबारे जानकारी लिएका थिए। उनले कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

जनस्वास्थ्य कार्यालयको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक सहयोग गर्ने सांसद पराजुलीले बताएका छन्।








