काठमाडौं : संगीतिक बजारमा गीतहरु धेरै भन्दा धेरै आउनेक्रम जारी रहेको छ । रिल चक्कामा भरेका गीतहरु क्यासेटमा बजाउने देखी आएर अहिले युट्युबमा गीत रिलिज गर्ने सम्मको समयमा आइपुग्दा सम्म पनि गीतहरु उत्तिकै मात्रामा बजारमा आइरहेका छन् ।
पहिला क्यासेटमा जस्तै अहिले पनि सदाबाहर देखी सिजन अनुसारका गीतहरु बजारमा आइरहेका छन् । शुक्रबार मात्रै एउटा गीत सार्बजनिक भएको छ ।गायक रविन गहतराज , सुभाष अधिकारी तथा प्रिया सेञ्चुरीको स्वरमा नयाँ लोकदोहोरी गीत “टक्करको” सार्वजनिक गरिएको छ। बजारमा सार्वजनिक भएको छ। गीतमा अर्जुन गहतराजको शब्द अनि किरण गौतमको संगीत रहेको छ।

निर्देशक अर्जुन गहतराजको कथा र निर्देशन भिडियोमा रहेको छ भने रोशन पुरीले कोरियोग्राफी गरेका छन्। भिडियोमा सुरज भारती र चेतना काफ्ले लगायत अन्य कलाकारहरुको उत्कृष्ट अभिनय भित्र म्युजिक भिडियो निर्माण भएको छ साथै महेश महराले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर मिन रावलले गरेका हुन्।
उक्त गीतको भिडियो Arjun Gahatraj अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……








