काठमाडौं । चलचित्र तथा दृश्य–श्रव्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छायाँकार, ड्रोन पाइलट तथा डकुमेन्ट्री मेकर सालिगराम दुलाल राष्ट्रिय समावेशी संगीत अवार्डबाट सम्मानित भएका छन् । दुलाललाई नेपाली फिल्म तथा मिडिया क्षेत्रमा पुर्याएको निरन्तर योगदान, प्राविधिक दक्षता तथा सिर्जनात्मक कार्यको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
दुलाल चलचित्र प्राविधिक संघ ९नेफ्टा० का पूर्वमहासचिव समेत हुन् । करिब दुई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय दुलालले छायाँकार, ड्रोन सञ्चालन तथा डकुमेन्ट्री निर्माणमार्फत नेपाली दृश्य–श्रव्य क्षेत्रमा लाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

सम्मान ग्रहणपछि दुलालले यो सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै आगामी दिनमा पनि नेपाली कला, संस्कृति र फिल्म क्षेत्रको विकासमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुलाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का पूर्वमहासचिव समेत हुन् ।








