एक सातामा नेपाली बजारमा सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ बढेको छ ।
आज बुधबार अघिल्लो दिनको तुलनामा मूल्य स्थिर रहे पनि गत बुधबारको तुलनामा २० हजार ८ सय बढेको हो । महासंघले आज ३ लाख ११ हजार रुपैयाँ तोकेको छ ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ तोकेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३७० रुपैयाँ कायम भएको छ । एक सातामा चाँदी पनि २९० रुपैयाँ बढेको छ ।








