बिहीबार एकैदिन सुनको भाउ तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा बुधबार त्यसको प्रभाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८६५ रुपैयाँमा झरेको छ ।








