शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय रुपैयाँ बढेको सुन आज जम्मा १ सय घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँ तोकेको छ ।
चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।









