एक सातामा सुनको भाउ प्रतितोला १० हजार २ सय रुपैयाँ घटेको छ । आज एकैदिन तोलामा ३ हजार ३ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ ।
चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १२५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।







