नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँ घटेको हो ।आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







