नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ४४सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४४ सय रुपैयाँले बढेर ३ लाख २९ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको छ ।







