काठमाडौं – रामजी यादव सँग प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका विभिन्न समस्याबारे छलफल गरिएको छ। कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोगिरहेका समस्या, सामाजिक सुरक्षा, फ्रि भिसाको नाममा हुने ठगी तथा अलपत्र पर्ने घटनालगायत विषयमा गम्भीर छलफल भएको बताइएको छ।
छलफलका क्रममा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकहित संरक्षण, सुरक्षित वैदेशिक रोजगार, श्रमिकमैत्री नीति तथा सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाका विषयमा ध्यानाकर्षण गराइएको थियो। कार्यक्रममा प्रवासी संघका प्रमुख भुपाल भण्डारी ले श्रममन्त्री समक्ष प्रवासी नेपाली श्रमिकका समस्या समाधानका लागि विशेष पहल गर्न आग्रह गर्नुभएको थियो।

श्रममन्त्री यादवले सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या समाधानप्रति संवेदनशील रहेको बताउँदै श्रमिकको अधिकार सुनिश्चित गर्न छिट्टै आवश्यक काम अघि बढाइने जानकारी दिनुभयो। साथै, वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र श्रमिकमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।






