राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार नियमित एजेन्डासहित समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।






