विपक्षी दलहरुले वैकल्पिक आवासको सुनिश्चितता नगरी सुकुम्बासी र अव्यवस्थित बस्ती हटाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले काठमाडौँ उपत्यका समेत देशका विभिन्न स्थानमा सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको छानबिन, लगत सङ्कलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएको भन्दै आपत्ति जनाएको हो ।














