बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ ।














