काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेलगत्तै उनले सामाजिक सञ्जालमा लेखेर राजीनामा दिएको घोषणा गरेका हुन्।
पदभन्दा ठूलो कुरा नैतिकता भएको उल्लेख गर्दै उनले राजीनामा दिएको बताएका छन्। ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु’, राजीनामा दिँदै गर्दा उनले लेखेका छन्, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।’

अपारदर्शी सम्पत्ति विवरण प्रस्तुत र विवादित व्यवसायीसँगको साझेदारी रहेको तथ्य सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङ चौतर्फी आलोचना खेपिरहेका थिए।













