नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८५ रुपैयाँले बढेर तोलामा चार हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









