नेपाली बजारमा आज सुनको भाउ घटेको छ। हिजो तोलामा ७४ सय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ३६ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ थियो।









