स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु सात हजार ४०० र चाँदी रु १०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो ।














