नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














