पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक अहिले विहान साढे ८ बजे बस्ने सचिव महेश बस्नेतले जानकारी दिए।
उनका अनुसार बैठकले ओली पक्राउको विरोधमा सडक प्रदर्शन गर्नेछ।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं।’ बस्नेतले सामाजिक संजालमा लेखेका छन्, ‘अहिले विहान ८:३० वजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।’
उनले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।








