नवनिर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह मन्त्रिपरिषद्को पहिलो बैठकले २३ र २४ भदाैकाे जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । पहिलाे बैठकले चारवटा निर्णय गरेकाे छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
१. भदौ २३ र २४ गतेको जेन–जी, अहिलेसम्म भएका आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने ।
२. सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल नियुक्त गर्ने ।
३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने ।
४. जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने ।








