उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनाव हारेर पनि सबैभन्दा अगाडि उठेको दाबी गर्दै अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने उद्घोष गरेका छन् ।
बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि जनताले एउटा पार्टीलाई झन्डै दुई तिहाइको बहुमत दिएकोमा त्यसलाई स्वीकार गर्ने बताएका हुन्।

उनले जनताले आफ्नो पार्टीलाई सडकमा बसेर खबरदारी गर्ने म्यान्डेट दिएकाले अब सडकबाटै आम नेपालीको मुद्दा उठाउने प्रतिबद्धता जनाए। अध्यक्ष घिसिङले देशको राष्ट्रियता, समृद्धि र जनताका समस्या समाधानका लागि सडकबाट सशक्त भूमिका निभाउने स्पष्ट पारे।
अध्यक्ष घिसिङले जनताको पक्षमा दृढ उभिँदै देशलाई सही दिशामा लैजान आफ्नो पार्टी सधैँ अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाए।








