सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ ।यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ ।
आज चाँदी भने सामान्य बढेको छ । प्रतितोला ८० रुपैयाँले चाँदीको भाउ बढेसँगै ४ हजार ५०५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परिरहेको छ ।













