नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।
बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो ।

भोलि बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि नेताहरूले बताएका छन् । भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् ।
निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् ।








