समानुपातिक सांसदको सूचीबाट फालिएका प्रमोद न्यौपानेले निरन्तर पार्टीको हितमा काम गरिरहने भन्दै सबैलाई धन्यवाद दिएका छन् । सांसदको सूचीमा नपरेपछि सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै न्यौपानेले धन्यवाद दिएका हुन् ।
प्रमोदले लेखेका छन : देश र जनताकाे ‘रुपान्तरण’ तथा पार्टी नीति र नेतृत्वकाे ‘न्याय’का लागि लडेकाे हुँ। मैदानमा टिकुञ्जेल अझै दृढतापूर्वक लड्ने छु।रास्वपाकाे कीर्तिमानी जीतका आधार, आमजनतालाई व्यक्तिगत सत्कर्मबाट पनि ‘न्याय’ अनुभूत गराउने काेशिस निरन्तर गर्ने छु। ती सबैप्रति आभारी छु, जसले सकारात्मक परिणामकाे अपेक्षाका साथ सान्निध्य सद्भाव र शुभेच्छा व्यक्त गर्नुभयाे।














