राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो।

रास्वपाको केन्द्रीय कार्यलयले जिम्मेवारी दिएर केही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र निर्वाचन आयोगमा नामावली बुझाइने प्रवक्ता झाले जानकारी दिए।








