राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि आफ्ना सांसदले सहयोग गर्ने बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुर्याउनका लागि रास्वपासँग शर्त राखेका हुन् ।
रास्वपालाई एकल दुई तिहाइ पुर्याउन २ सिट कम भएको छ ।

‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ,’ उनले लेखेका छन्, ‘यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’












