ललितपुर-२ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् ।अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् ।
खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ मत पाएका छन् ।













