सिन्धुपाल्चोक–१ मा लिसंखुपाखरको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडि देखिएको छ ।लिसंखुपाखरको वडा नम्बर ६ सम्मको मतगणनामा रास्वपाका भरत पराजुलीले ६ हजार ५ सय ९४ मत ल्याएका छन् ।
यस्तै, नेकपाका माधव सापकोटाले ५ हजार ४ सय १९, नेकपा एमालेका सरेश नेपालले ३ हजार ६ सय ३५ र नेपाली कांग्रेसका जगबहादुर तामाङले ३ हजार ४ सय ९५ मत ल्याएका छन् ।














