नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।चाँदी शुक्रबार पाँच हजार सात सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













