नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन्जीका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताएका छन् ।जेन्जी पुस्ताका युवाहरुले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको उल्लेख गर्दै उनले ती मागहरुको सम्बोधन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गरेका हुन् ।
महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने बताए ।

उनले पार्टीभित्र अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत रहेको विश्वास व्यक्त गरे ।













