सिन्धुपाल्चोक- नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति सिन्धुपाल्चोकद्वारा आयोजित निर्वाचन निर्वाचन सभामा खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री बागमती प्रदेशका माननीय कृष्णकुमार तामाङज्यूलाई सम्बोधन गर्दै भन्नुभएको छ। यो निर्वाचनमा कुनै पार्टीका व्यक्तिहरू घन्टी हल्लाउँदै र कुनै पार्टीका व्यक्तिहरू पटकपटक मन्त्री हुँदाहुँदै नगरेका विकासका योजनाहरु मैले गरेको हो भन्दै जोगीको व्यवहारमा गाउँ समाजका नागरिकलाई भोट माग्न गाउँ गाउँ आएको देखिन्छ । तामाङले सम्बोधन गर्दै भनेका छन् जोगीको शैलीमा घरदैलोमा भोट माग्दै आफूले नगरेका विकासहरू अहिले बागमती प्रदेशको मन्त्री कृष्णकुमार तामाङ। स्वयंले गरेको कार्यहरूलाई आफूले गरेको भन्दै भ्रमछडी मत माग्दै घरदैलो गरिरहेका देखिन्छ ।

तामाङले सम्बोधन गर्दै भनेका छन् सम्पूर्ण सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का जनतालाई भ्रममा नपरी निष्पक्ष रुपमा मतदान गर्न आग्रह गरेका छन् नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा अहिलेसम्मकै मन्त्रीहरूले नगरेका कामहरू गरी रहेको र अब पनि नेपाली कांग्रेसले मात्रै गर्न सक्ने सम्भावना रहेको देखिन्छ भन्दै अन्य पार्टीका नेता तथा कार्यकर्तालाई भ्रममा नपार्न आग्रह गरेका छन्। जनतालाई चुनावमा भ्रममा पार्न अरुले गरेको विकासका कार्यहरू आफू आफैंले गरेको हो भनेर भोट माग्दै गर्दा नेता तथा कार्यकर्ताले लाज मान्नुपर्ने अवस्थासम्म मन्त्रीज्यूले भनेका छन्।













