नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













