नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपा निर्वाचन परिचालन समितिले देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न र राष्ट्रिय एकता सुदृढ गर्न निर्वाचनको विशेष महत्त्व रहेको औंल्याएको हो।

समितिका संयोजक अग्निप्रसाद सापकोटाले सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगलाई उच्चतम इमानदारी र जिम्मेवारी प्रदर्शन गर्न आह्वान गरे। सबै पक्षको सामूहिक प्रयासले नै मुलुक निर्वाचनको निर्णायक मोडमा आइपुगेको उल्लेख गर्दै उनले नेकपाप्रति जनताको विश्वास र भरोसा चुलिँदै गएको जिकिर गरे।
देशलाई सही दिशामा नेतृत्व दिन सक्ने एक मात्र सक्षम शक्ति नेकपा भएको दाबी गर्दै सापकोटाले पछिल्ला रिपोर्टहरूका आधारमा आफ्नो पार्टी निर्वाचनमा पहिलो बन्ने स्पष्ट रहेको बताए।













